मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारलाई धम्क्याउँदै शाहीले भने ‘म विद्यालयको अध्यक्षको दौडमा छैन’

पत्रकारलाई धम्क्याउँदै शाहीले भने ‘म विद्यालयको अध्यक्षको दौडमा छैन’

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित वाणगंगा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष प्रकृया सुरु हुन लागेको छ । करिब ८ बर्षपछि विद्यालयमा समिति बनाउन लागिएको हो ।

अध्यक्षमा अहिले दुई जनाको नाम चर्चामा छ । ती हुन् स्थानीय अभिभावक कृष्ण कुँवर र पूर्वशिक्षक मदन शाही ठकुरी । कुँवर र शाहीको समाचार मिडियामा आएपछि अध्यक्षको चर्चामा रहेका शाहीले आफू अध्यक्षको दौडमै नै नरहेको बताएका छन् ।
‘कुँवरको ‘इन्ट्रि’ ले वाणगंगा माविको अध्यक्ष बन्ने शाहीको सपना तुहियो’ भन्ने समाचार अपिटाइम्सले प्रकाशन गरेपछि पत्रकारलाई धम्क्याउँदै फोन गरेका उनले आफू कहिल्यै पनि पदको लोलुपमा नरहेको दावी गरे ।

उनले भने ‘म अध्यक्षको उम्मेदवार हुँ भन्ने प्रमाण के छ ? म अध्यक्षको दौडको सपनामा कहिले भएँ ? भए पनि वडा अध्यक्ष छवि रेश्मी छन् । म होइन । पत्रकारले जे मन लाग्यो त्यहि गर्ने ?’

दलीय प्रतिनिधित्वको आधारमा अहिले शाही र कुँवरको नाम चर्चामा छ । शाहीको चाहानामा एमाले उनलाई अध्यक्ष बनाउन प्रयास गरेको छ भने कुँवर माओवादीबाट छन् ।

यस आधारमा शाही नै अध्यक्षको दौडमा रहेको छर्लङ्ग हुन्छ तथापि शाहीले भने आफू अध्यक्षमा नरहेको बताउँदै जथाभावी बोलेका छन् । उनका शब्दमा कुनै मर्यादा र शिष्टता भेटिन्न । सुन्न लायक नहुने गरी बोलेका उनले जथाभावी गाली गरेका छन् । उनको फोन रेकर्ड अपिटाइम्ससंग सुरक्षित छ । उनले पत्रकारलाई जे पनि गर्न सक्ने भन्दै तुरुन्त समाचार हटाउन धम्की पनि दिए । श्रोतका अनुसार एमालेबाट शाही नै अध्यक्षको दौडमा छन् ।

शाहीको दावी एक ठाउँमा छ तर समाचार बाहिर आएपछि वैठकको वैधतामाथि भने प्रश्न उठेको छ । गणेश चौधरी अध्यक्ष नरहेको अवस्थामा केहि समय वडा नम्बर ४ का वडा अध्यक्ष छवि रेश्मी अध्यक्ष थिए । उनको सहभागिताविना बैठक बसेको भन्दै त्यो अवैध हुने कतिपय बताउँछन् । रेश्मीविना बसेको बैठकले गर्ने निर्णय मान्य नहुने एमालेका नेताहरुको भनाई छ ।