मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महत्वपूर्ण खेलमा हार्यो नेपाल, दर्शक भन्छन् ‘ऐरीको अभाव खड्कियो’

महत्वपूर्ण खेलमा हार्यो नेपाल, दर्शक भन्छन् ‘ऐरीको अभाव खड्कियो’

अपि टाइम्स

काठमाण्डौ । ‍आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानले नेपाललाई पाँच रनले हराएको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ‍ओभरमा १ सय ४० रन बनाएर अल आउट भयो ।

नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५ रन बनाए भने कप्तान रोहित पौडेल, सोमपाल कामी र सन्दीप जोराले समान १२र१२ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एकरएक विकेट लिए ।

ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२ रन जोडे । यस्तै, नसिम खुशीले २५, प्रतीक अथावाले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।
सेमिफाइनल जत्तिकै महत्वपूर्ण खेलमा नेपालले हारेपछि दर्शकले नेपालका किर्तििमानी तथा अलराण्डर खेलाडी दीपेन्द्र्सिंह ऐरीको अभाव खड्किएको बताएका छन् । ऐरी चोटका कारण अहिले आराममा छन् ।