कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ मा महासमिति सदस्य छनौटको विषय विवादित बनेको छ । विधि विपरित महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रीय कार्यालय सानेपामा उजुरी परेको हो।
आधा दर्जन महाधिवेशन प्रतिनिधिले महासमातिका लागि पुननिर्वाचनको माग गरेका छन् । १४ ओै महाधिवेशनका प्रतिनिधिसँग सल्लाह नै नगरि , बैठकनै नबोलाई केन्द्रीय सदस्य रूपा विकको उपस्थितिमा क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, महाधिवेशन प्रतिनिधि विरेन्द्र कनौडियालगायतले एकपक्षीय रूपमा महासमिति प्रतिनिधि छनौट गरेको कुरा जानकारीा आएको भन्दै उनीहरूले सो कार्य पार्टीको विधान विपरित रहेको दाबी गरेका छन् ।
त्यस्तै दलित कोटाबाट महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बनेकी विकले अहिले खुल्ला महिला क्लस्टरमा आफूलाई विधान विपरित सिफारिस गरेको पनि निवेदनमा उल्लेख छ । महासमिति छनाैट प्रक्रिया अलोकतान्त्रिक, विधान विपरथ र जनताको भावना विपरित भएको भन्दै अहिलेको सिफारिस कार्यान्वयन नगरि पुर्ण सहमति वा निर्वाचनको माध्यमबाट महासमिति सदस्य छनौटको व्यवस्था मिलाइदिन माग गरिएको छ ।
यसरी माग गर्नेमा महाधिवेशन प्रतिनिधि अभिषेकप्रताप शाह, कमलबहादुर क्षेत्री, सुशीला बेल्वासे,नैनकला रेग्मी, प्यारमोहमत मिया , राधिका माली लगात छन् । साथै उनीहरूले क्षेत्रीय सभापति उपाध्यायले संघीय चुनावमा उम्मेदवार सिफारिस गरे बापत सिफारिस गरिएका उम्मेदवारबाट अनुचित रूपमा सस्थागत नभई ब्यक्तिगत रूपमा केहि उम्मेदवारबाट पैसा उठाएको र अन्य सिफारिस उम्मेदवारबाट केहि रकम माग गरेर आफ्नो पदको दुरुपयोग गरि आर्थिक लाभ लिएको भन्दै आवश्यक परे प्रमाण पेश गर्ने पनि जनाएका छन् ।
प्रतिक्रिया