मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाडीको चावी नदिएपछि कुरा हुँदाहुँदै पिटपाट भयोः उपाध्यक्ष चौधरी

गाडीको चावी नदिएपछि कुरा हुँदाहुँदै पिटपाट भयोः उपाध्यक्ष चौधरी

अपि टाइम्स

काठमाडौँ । दिउँसै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने कपिलवस्तुको शुद्धोद्धन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीले गाडीको विषयमा लफडा भएको बताएका छन् । विहिबार उनले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात गरेको समाचार आएपछि चौधरीसंग बुझदा कारण गाडीको चावी देखिएको हो ।

उनले अपिटाइम्ससंग आफूले कुटेको भने स्विकार गरेनन् । चौधरीले फोनमा भनेका छन् ”होइन कुटपीट भएको छैन । वार्ता काहानी भएछ त्यहाँ । त्यो उसको मुखले भनेको हो । पहिलेदेखि विवाद चलेको थियो । आज चावी माग्दाखेरी अटेरी गर्यो । केहि भएको छैन । वार्ताकारी भएको हो ।”

कति थप्पपड हान्नु भयो कठालो समातेर ? भन्ने प्रश्नमा उनले भने, ”होइन हानेकै होइन दाइ । मिडियामा आइराख्छ । मिडियामा नआउने कुरा पनि आइराख्छ । उससंग गाडीको कारण हो । हाकिमसंग चावी मागे गाडीको । जिल्ला प्रहरी कार्यालयमा एउटा मुद्धा थियो । छलफलमा जाँदै थिएँ म । दिनुस् न हतार छ फोन आइराखेको छ । ड्राइभरलाई मैले भने जा लिएर आइजा । तौलिहवा मलाई छोड । हाकिमले निर्णय गराउनुपर्दछ बल्ल चावी पाउनुहुन्छ हजुरले भन्यो, मैले भनेँ, किन यस्तो भनेको भन्दाभन्दै टेवलमा पीटपाट भएछ । गाला समातेर त्यस्तो केहि गरेको छैन ।”

उनले लामोसमयदेखि नै विवाद जारी रहेको बताएका छन् । सरुवा भइसक्दा पनि हाकिम बसिरहेको उनले अपिटाइम्सलाई बताए । चौधरीले दिउसो २ बजेको समयमा कुटपिट गरेका थिए । यता ज्ञवालीले आफूमाथि कुटपीट भएको भन्दै जिल्ला प्रशासन कार्यालयलाई नै पत्र लेखेका छन् । घटनापछि गाउँपालिकाको सेवा बन्द गर्ने निर्णयसमेत भएको छ ।