मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूएईसँग निर्णायक खेल खेल्न लागेको नेपाललाई तपाईको सुझाव के छ ?

यूएईसँग निर्णायक खेल खेल्न लागेको नेपाललाई तपाईको सुझाव के छ ?

अपि टाइम्स

काठमाडौं । आईसीसी पुरुष टी ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले भोलि शुक्रबार यूएईसँग खेल्दैछ ।

समूहको उप विजेता बनेर सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

फाइनल प्रवेशका लागि नेपालले मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान ११ बजे यूएईसँग भिड्दैछ ।

नेपाललाई फाइनल प्रवेश मात्र हैन विश्वकपमा छनोट हुन समेत शुक्रबारको खेल महत्वपुर्ण छ ।

सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ ।

छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले शुक्रबारको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण छ ।

नेपालले समूह बीको विजेता यूएईलाई सेमिफाइलनको प्रतिद्धन्दीको रुपमा पाएको हो ।

नेपालले समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित हुन पुग्यो ।

ओमानसँग पराजित बनेपछि नेपालले एसोसियट राष्ट्र मध्य बलियो मानिएको यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । शुक्रबारको खेलले नतिजाले नेपालको टी ट्वान्टी विश्वकपको आगामी यात्राबाट टुङ्गो लगाउनेछ ।