मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकपमा भारतको हालसम्मकै ठूलो जित, श्रीलंका ५५ रनमा अल आउट

विश्वकपमा भारतको हालसम्मकै ठूलो जित, श्रीलंका ५५ रनमा अल आउट

अपि टाइम्स

एजेन्सी – घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ५५ रनमा अल आउट गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । भारतले श्रीलंकालाई ३ सय २ रनले हराउँदै सुरुवाती सात खेलमा जितका साथ शीर्षस्थानमा रहँदै दुई खेल अगावै सेमिफाइनल खेलेको हो ।

जितको लागि ३ सय ५८ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका १९।४ ओभरमा ५५ रनमा अल आउट भयो ।

विश्वकपमा श्रीलंकाको यो सबैभन्दा कम योगफल हो ।

भारतको विश्वकपमा यो हालसम्मकै ठूलो जित हो । भारतको यसअघि विश्वकपमा २००७ मा भारतले बर्मुडालाई २ सय ५७ रनले हराएको थियो ।

श्रीलंकाका तीव्र गतिका बलर कसुन रजिथा १७ बलमा २ चौकासहित सर्वाधिक १४ रनको योगदान दिए । श्रीलंकाका ओपनर पाथुम निसंका, दिमुथ करुणारत्ने, सदिरा समाराविक्रमा, दुशान हेमान्था र दुश्मन्था चामिरा शून्यमा आउट भए ।

कुशल मेन्डिस र चरिथ असलंका १–१ रनमा आउट भए । चरिथले २४ बलमा १ रन बनाएका थिए । एन्जिलो म्याथ्युज २५ बला १ चौकासहित १२ रनमा शामीको बलमा बोल्ड आउट भए । त्यो समय श्रीलंका १३।१ ओभरमा २९–८ को अवस्थामा थियो । महेश थिक्सेना २३ बलमा २ चौकासहित १२ रनमा नट आउट रहे ।

भारतका मोहम्मद शामीले ५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद शिराजले ७ ओभरमा २ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । रविन्द्र जडेजा र जस्प्रित बुमराहले १/१ विकेट लिए ।

त्यसअघि वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५८ रन बनाएको थियो । भारतको जितमा तीन ब्याटरले अर्धशतक प्रहार गरे । तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए । ओपनर शुभमन गिलले ९२ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ९२ रनको योगदान दिए ।

विराट कोहलीले ९४ बलमा ११ चौकासहित ८८ रन बनाए । श्रेयस ऐरले ५६ बलमा ३ चौका र ६ छक्कासहित ८२ रनको आक्रमक इनिङ खेलेका थिए । तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए ।

भारत ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । भारतले अव ५ नोभेम्बरमा दक्षिण अफ्रिका र १२ नोभेम्बरमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ ।