मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पढ्नुभयो आजको मौसम सम्बन्धि जानकारी ?

पढ्नुभयो आजको मौसम सम्बन्धि जानकारी ?

अपि टाइम्स

काठमाडौं– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

देशको पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।