मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर या मरमा नेपाल आज यूएईसँग खेल्दै, हारे विश्वकपबाट बाहिर

गर या मरमा नेपाल आज यूएईसँग खेल्दै, हारे विश्वकपबाट बाहिर

अपि टाइम्स

काठमाडौं । आईसीसी पुरुष टी ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

समूहको उप विजेता बनेर सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

खेल मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान ११ बजे सुरु हुने छ ।

नेपाललाई फाइनल प्रवेश मात्र हैन विश्वकपमा छनोट हुन जित्नै पर्ने दबाब छ । त्यसकारण नेपाल गर या मरको स्थितिकाबीच खेल खेल्ने छ । किनकि जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ ।

नेपालले समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित र्भपछि यो खालको दबाब सिर्जना भएको हो ।