मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले स्विकृत गर्यो राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण

सरकारले स्विकृत गर्यो राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण

अपि टाइम्स

काठमाण्डौ – सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ ।

हिजो बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज शुक्रवार सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्न कात्तिक २२ गते काठमाण्डौबाट प्रस्थान गरी मङ्सिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै सरकारले मङ्सिर २५ देखि २९ गतेसम्म अमेरिकाको एटलान्टामा आयोजना हुने १० औँ ुसेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टिज टु द युनाइटेड नेशन कन्भेन्सन एगिनिस्ट करप्शनु कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ ।

बैठकले चीनको शाङ्घाईमा सञ्चालन हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई स्वीकृत दिएको छ ।