मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोट्र्याक्ट क्लव अफ कपिवस्तुको छैठौँ स्थापना दिवस सम्पन्न

रोट्र्याक्ट क्लव अफ कपिवस्तुको छैठौँ स्थापना दिवस सम्पन्न

अपि टाइम्स

वाणगंगा । रोट्र्याक्ट क्लव अफ कपिवस्तुको छैठौँ स्थापना दिवस सम्पन्न भएको छ । स्थापना दिवसको अवसर पारेर संस्थाले एक कार्यक्रम सम्पन्न गरेको थियो । रोटरी क्लव अफ कपिलवस्तुको कार्यालय चार नम्बर जितपुरमा शुभकामना आदान प्रदान , संस्थाका गतिविधि स्मरण गर्दै केक काटेर स्थापना दिवस मनाइएको हो ।

क्लवका अध्यक्ष मदन अर्यालको अध्यक्षता, रोटरी क्लव अफ कपिलवस्तुको अध्यक्ष विष्णु माया श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संयोजन क्लवका संस्थापक अध्यक्ष माधव पौडलले गरेका थिए ।

सचिव नारायण पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष मिलन चालिसेले शुभकामना मन्तव्य दिएका थिए भने
डाइरेक्टर विनोद थापाले धन्यबाद मन्तव्य दिएका अध्यक्ष अर्यालले जानकारी दिए । क्लवले कपिलवस्तुमा रहेर बिभिन्न मानवीय र सामाजिक कार्यहरु गर्दैै आइरहेको छ ।