मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुकम्प पीडितका लागि वाणगंगाले दिने भयो ५ लाख

भुकम्प पीडितका लागि वाणगंगाले दिने भयो ५ लाख

अपि टाइम्स

कपिलवस्तु । वाणगंगा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई ५ लाख सहयोग गर्ने भएको छ । शनिबार आकस्मिक रुपमा बसेको नगरको बैठकले भुकम्प पिडितहरुको लागि उक्त रकम सहयोग गर्ने बताएको हो ।

त्यस्तै नगर प्रमुख चक्रपाणी अर्यालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ज्यान गएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो मानविय सङ्कट लाई पार लगाउनको लागि विभिन्न संघ संस्था तथा सम्पुर्ण पक्षलाई सक्ने सहयोग गर्न पनि आग्रह गरेका छन् ।

जनस्तरवाट प्राप्त हुने सहयोगलाई नगरको ५ लाखमा थपेर सरकारको राहत तथा पुनस्थापना खातामा पठाउने उनले बताए । बैठकमा नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, अन्य वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।