मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ओमानसँग बदला लिने दाउमा नेपाल

आज ओमानसँग बदला लिने दाउमा नेपाल

अपि टाइम्स

काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिको छिनोफानो आज आईतबार हुदैछ । नेपालले घरेलु मैदानमा छनोट प्रतियोगिताको उपाधिकालागि ओमानसँग खेल्न लागेको हो ।

नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।आजको भिडन्तमा नेपदला लिने दाउ हुने छ ।

समूह एमा रहदै प्रतियोगिताको सुरुआत गरेका दुवै टिम लिग चरणमा समेत भेटेका थिए । सो खेलमा ओमानले नेपाललाई हराएको थियो ।

ओमानसँग ५ रनले पराजित बनेको नेपाल समूह उपविजेता बनेको थियो । समूह उपविजेता बनेर सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेशकालागि भएको खेलमा यूएईलाई हराएको थियो ।

सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुन ओमानसँग खेल्न लागेको हो ।

ओमानले समेत सेमिफाइनलमा बहराईनलाई १० विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टिम अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् ।