मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इङ्ल्यान्ड विश्वकपबाट बाहिरियो, अस्ट्रेलियासँग पराजित

इङ्ल्यान्ड विश्वकपबाट बाहिरियो, अस्ट्रेलियासँग पराजित

अपि टाइम्स

काठमाण्डौ । साविक विजेता इङ्ल्यान्ड भारतमा चलिरहेको एकदिवसीय विश्व कपबाट बाहिरिएको छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गएराति सकिएको खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित हुँदै इङ्ल्यान्ड जारी विश्व कपबाट बाहिरिएको हो । यसअघि बङ्लादेश पनि विश्व कपबाट बाहिरिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २ सय ८६ रन बनाएको थियो । दुई सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्ड ४८ ओभर १ बलमा दुई सय ५३ रन बनाएर अलआउट भयो ।

इङ्ल्यान्ड ७ खेलमा २ अङ्क जोडेर प्रतियोगिताबाट बाहिरिएको छ । अब नेदरल्यान्ड्स र पाकिस्तानसँग २ खेल खेल्न बाँकी छ । यी दुवै खेल जिते पनि उसको ६ अङ्क मात्र हुनेछ, जुन सेमिफाइनल पुग्न पर्याप्त छैन ।

इङ्ल्यान्डलाई हराएपछि अस्ट्रेलियाले ७ खेलमा ५ जितसहित १० अङ्क जोडेको छ । अस्ट्रेलिया अङ्क तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान र बङ्लादेशसँग २ खेल बाँकी छ । अब एक खेल जितेमा अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ ।