मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण अफ्रिकाले पायो ३ सय २७ रनको लक्ष्य,कोहलीको किर्तिमानी शतक

दक्षिण अफ्रिकाले पायो ३ सय २७ रनको लक्ष्य,कोहलीको किर्तिमानी शतक

अपि टाइम्स

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ३ सय २७ रनको लक्ष्य दिएको छ ।

कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायो । भारतका विराट कोहलीले नटआउट शतक बनाए । उनले १ सय २१ बलमा १ सय १ रन जोडे । यस्तै श्रेयस अय्यरले ७७ र कप्तान रोहित शर्माले ४० रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडी, मार्को जेनसेन, कागिसो रबाडा, केशव महाराज र तबरिज शाम्सीले समान १ विकेट लिए ।

भारत र दक्षिण अफ्रिका यसअघि नै विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् । भारत ७ खेलमा १४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका उति नै खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ ।