मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओमानले जित्यो टी–२० विश्वकप छनोटको उपाधि, नेपाल सुपर ओभरमा पराजित

ओमानले जित्यो टी–२० विश्वकप छनोटको उपाधि, नेपाल सुपर ओभरमा पराजित

अपि टाइम्स

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको छ । सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याएको नेपालले १० रनमात्र बनाउन सक्यो ।

आज आइतवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा ओमानले ७ रनमात्र बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । ओमानका काश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । यस्तै अकिब इलियासले ३३ र कप्तान जेशान मक्सूदले २६ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका गुलसन झाले सर्वाधिक ५४ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१ र करण केसीले नटआउट २० रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले ३ र अकिब इलियासले २ विकेट लिए ।

नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल ओमानसँग भने ५ रनले पराजित भएको थियो । यस्तै नेपालले सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको थियो । नेपाल यसअघि सन् २०१४ मा टी–२० विश्वकपमा छनोट भएको थियो ।

समूह चरणमा सबै खेल जितेको ओमानले सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा छनोट भएको थियो । ओमानले यसअघि सन् २०१६ र २०२१ मा टी–२० विश्वकप छनोट खेलिसकेको छ ।