मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतद्धारा ११ टन राहत सामग्रीको पहिलो खेप नेपाललाई हस्तान्तरण

भारतद्धारा ११ टन राहत सामग्रीको पहिलो खेप नेपाललाई हस्तान्तरण

अपि टाइम्स

काठमाण्डौ – भारतले जाजरकोट भूकम्प पीडितका लागि १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपाललाई हस्तान्तरण गरेको छ ।

आज आइतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । भारतले हस्तान्तरण गरेको ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीमा त्रिपाल, कम्बल र डस्ना, झोलाका साथै आवश्यक औषधि र ुपोर्टेबलु भेन्टिलेटर लगायत छन् ।

घनिष्ट मित्र र छिमेकीका रूपमा नेपालमा भूकम्प पीडितलाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताउनुभयो । आउँदा दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने जनाइएको छ ।

भारतले २०७२ सालको भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा पुनःनिर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोटमा ५० हजार घरको पुनःनिर्माणसमेत गरेको थियो ।

गएको शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो ।