मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगा माविमा समाजसेवी कुँवर अध्यक्ष चयन, भन्छन् ‘नमुना विद्यालय बनाउँछु’

वाणगंगा माविमा समाजसेवी कुँवर अध्यक्ष चयन, भन्छन् ‘नमुना विद्यालय बनाउँछु’

अपि टाइम्स

कपिलवस्तु । वाणगंगा माध्यमिक विद्यालय ठाकुरापुरले लामो समयपछि ‘विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष’ पाएको छ । वडा नम्बर ४ गजेहडामा स्थायी घर भएका समाजसेवी कृष्ण कुँवलाई विद्यालयले ८ बर्षपछि अध्यक्ष पाएको हो ।

विद्यालय व्यवस्थापन समितिका उपस्थित सदस्यको बहुमतले सोमबार कुँवरलाई अध्यक्ष चयन गरेको सदस्य सचिव एवम् विद्यालयका प्रधानाध्यापक राम प्रसाद भण्डारीले बताए । उनले प्रकृया र नियम अनुसार नै अध्यक्ष चयन गरिएको बताएका छन् । यसअघि गणेश चौधरी अध्यक्ष थिए ।
विद्यालयमा अध्यक्ष चयन भएपछि कुँवरले विद्यालयलाई नमुना बनाउने बताएका छन् । वाणगंगा कपिलवस्तुको निकै पुरानोमध्येको एक विद्यालय रहेको हुँदा यसलाई आधुनिक र सुविधा समपन्न गराउनु आफ्नो पहिलो प्राथमिकता रहेको कुँवरले भने ‘म विद्यालयलाई नमुना बनाउन आएको हुँ, राजनीति गर्न होइन ।’

उनले थपे, ‘भौतिक रुपमा यस विद्यालयलाई धेरै माथि उठाउनु छ । जिल्लाको नुमना विद्यालय बनाउनु छ । त्यसैले मेरो ध्यान यस विद्यालयको विकासमा हुनेछ । चाँडै अभिभावकले यस कुराको अनुभव पाउनुहुनेछ ।

‘भइरहेको पठनपाठनमा अझै धेरै गति ल्याउने, प्रविधिमा जोड दिने, निशुल्क अंग्रजी शिक्षा चलाउने लगायतका काम तत्काल हुने छन् उनले भने संरचनागत रुपमा विद्यालयलाई चुस्त दुरुस्त बनाउने काम विस्तारै हुनेछ । म बस्दासम्म विद्यालय नमुना बनेरै छोड्ने छ, भरोसामा रहन अभिभावकलाई आग्रह गर्दछु’, अध्यक्ष कुँवर भन्दछन् ।

अध्यक्ष चयन गर्न भूमिका खेल्ने सबै सदस्यलाई धन्यबाद दिँदै उनले आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा हुने बताए ।
गणपुरक संख्या पुगेको बैठक भने एमालेले बहिष्कार गरेको बुझिएको छ । अध्यक्ष चयनमा वडा अध्यक्ष छवि रेश्मी असन्तुष्ट रहेका बताइएको छ ।