काठमाडौं । भाटभटेनी सुपरमार्केटले भूकम्प प्रभावितका लागि १ करोड ११ लाख १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
भाटभटेनीले भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रसो रकमको चेक उपलब्ध गराएको जनाएको छ ।
भूकम्प प्रभावितलाई राहतको लागि यथासक्य सहयोग गर्ने उद्देश्यका साथ कोषमा रकम उपलब्ध गराइएको भाटभटेनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सो रकमको चेक प्रदान गरेका छन् ।
प्रतिक्रिया