मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ति सम्झौता गर्ने दलका नेताहरूबीच सिंहदरबारमा छलफल

शान्ति सम्झौता गर्ने दलका नेताहरूबीच सिंहदरबारमा छलफल

अपि टाइम्स

काठमाडौं । शान्ति सम्झौता र १२ बुँदे समझदारी गर्ने दलका नेताहरूबीच सिंहदरबारमा छलफल भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न दलका शीर्ष नेताहरूसँग मंगलबार अपराह्न छलफल गरेका हुन्।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत उपस्थित थिए।

छलफलका क्रममा उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति बलियो प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

छलफलमा धारणा राखेका नेताहरूले प्राप्त उपलब्धिलाई थप सबल बनाउन आफ्नो तहबाट भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।