मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेंगु प्रकोपः २० जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्याले ४६ हजार नाघ्यो

डेंगु प्रकोपः २० जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्याले ४६ हजार नाघ्यो

अपि टाइम्स

काठमाडौँ । पछिल्लो समयमा डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ‘ईडीसीडी’का अनुसार सङ्क्रमितको सङ्ख्या ४६ हजार नागेको छ । हालसम्म ७७ जिल्लाका ४६ हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको ईडीसीडीले जनाएको हो ।

सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा १६ हजार १६० जनामा पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै, तनहुँमा २५ दिन यता सङ्क्रमितको सङ्ख्या बढेर ६ हजार ८११पुगेको छ । त्यसपछि झापामा ३ हजार ७४१ पुष्टि भएको छ । धादिङमा ३ हजार २३२ जनामा सङ्क्रमण भएको छ ।

यस्तै कास्की २ हजार ७०५ जना, मोरङ २ हजार ३०५ जना, काठमाडौँमा १ हजार ५६९ जनामा सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । यसैगरी संखुवासभामा ७२४, गोरखामा ७०३ जना र कैलालीमा ६९० जनामा सङ्क्रमित भएको बताइएको छ ।

कुन प्रदेशमा कति ?

सात प्रदेशमध्ये सबैभन्दा बढी सङ्क्रमित कोसी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा २४ हजार ७८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समयमा गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढेको छ । गण्डकीमा ११ हजार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसपछि बागमती प्रदेशमा ६ हजार ४८९ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ४६६, लुम्बिनी प्रदेशमा १ हजार ८, मधेस प्रदेशमा ६९७, कर्णाली प्रदेशमा १९७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।