मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पबाट प्रभावित जनताहरुलाई चिसोबाट बचाउन ध्यानाकर्षण

भूकम्पबाट प्रभावित जनताहरुलाई चिसोबाट बचाउन ध्यानाकर्षण

अपि टाइम्स

काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई १४ बुँदे सुझाव दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सभापति लामिछानेले भूकम्पबाट प्रभावित जनताहरुलाई चिसोबाट बचाउन ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीलाई लामिछानेको सुझावविगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्

सभापति लामिछानेले जाजरकोट र रुकुम पश्चिममा राहत व्यवस्थापन, वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे सरकारलाई १४ बुँदे सुझाव दिएका हुन् ।

भेटमा लामिछानेले प्रधानमन्त्री दाहाललाई ुविगतमा परिवर्तनका लागि तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्ु भन्दै सुझाव पत्र बुझाएका थिए । लामिछानेका शब्दले प्रधानमन्त्री दाहाल भावुक बनेको र गम्भीर भएको रास्वपाले जनाएको छ ।

सभापति लामिछानेले राहत सामाग्री जिल्ला प्रशासनमा थुप्रिएको र पीडितले भने चिसोमा खुला आकाशमुनि रात गुजार्नुपर्ने अवस्था रहेको यथार्थ सुनाएका छन् । जवाफमा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिएका थिए ।