मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योग वाणिज्य संघको आग्रहपछि मेयर अर्यालले भने ‘तिहारमा फूलका माला प्रयोग गर्नू’

उद्योग वाणिज्य संघको आग्रहपछि मेयर अर्यालले भने ‘तिहारमा फूलका माला प्रयोग गर्नू’

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले प्लाष्टिकका माला प्रयोग नगर्न आम उपभोक्तालाई आग्रह गरेका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आग्रहपछि सुचना जारी गर्दै मेयर अर्यालले तिहारमा प्लष्टिकजन्य फुलहरु प्रयोग गर्न छोडी फुल र मखमली फुलको माला प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले स्थानीय रुपमा उत्पादन भएका फूलमाला प्रयोग गरे राम्रो हुने बताए । वातावरण प्रदूषणको मुख्य कारक तत्वको रुपमा रहेको प्लाष्टिकजन्य पदार्थ रहेका कारण यसलाई निरुत्साहित गरेमा वातावरण प्रदूषण कम हुने उनको भनाई छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु सबैको कर्तव्य रहेको उनले बताए । बुधबार मात्र कपिलवस्तु उद्योग वाणिज्य संघले एक पत्रमार्फत् यसबारे ध्यानाकर्षण गराएको थियो । संघका मनोज पौडेलले यस निर्णयलाई कार्यान्वयन गर्न पनि आग्रह गरे ।