मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिसावटयुक्त घिउ बेच्ने भारतीय नागरिक वाणगंगाबाट पक्राउ

मिसावटयुक्त घिउ बेच्ने भारतीय नागरिक वाणगंगाबाट पक्राउ

अपि टाइम्स

बाणगंगा । कपिलवस्तुमा ३३ किलो मिसावटयुक्त घिउसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मगंलबार बिहान इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा रञ्जन सहनी पक्राउ परेका हुन् ।

लामो समयदेखि मिसावटयुक्त घिउ बेच्दै आएका ३४ बर्षीय भारतीय नागरिक सहनीलाई मिसावटयुक्त घिउ बनाउने ठाउँबाट ३३ किलो मिसावट घिउसहित डाल्डाका खाली ड्रम पनि बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीमाथि आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरी नीरिक्षक रायमाझीले बताए । पछिल्लो समय जिल्लामा गुणस्तरहिन घिउ बेच्ने गिरोह सक्रिय भइरहेको छ ।