मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति रकम वितरण सुरु

भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति रकम वितरण सुरु

अपि टाइम्स

जाजरकोट । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ज्यान गुमाएकाका परिवारका सदस्यलाई नेपाल सरकारले सोमबारबाट नगद राहत वितरण सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सदरमुकाम खलंगाको थाप्लेबाट नगत वितरण सुरु गरेको हो । थाप्लेमा १३ जनाले ज्यान गुमाएका थिए । नेपाल सरकारले एक जना मृत्यु भएको परिवारलाई दुई लाख र एकै परिवारमा एकभन्दा बढीको मृत्यु भएकाहरूलाई थप एक लाखका दरले दरले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार सरकारले गरेको निर्णय बमोजिम नै राहत वितरण सुरु गरिएको हो ।

जाजरकोट जिल्लामा मात्रै भूकम्पमा परी १ सय १ जनाले ज्यान गुमाएका छन् । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा रहेका पीडितलाई मंगलबारबाट रकम वितरण गरिने छ ।