मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ औँ कपिलवस्तु महोत्सवः मंगलबारदेखि डान्स आइडलको अडिसन, पुरस्कारमा वृद्धि

१४ औँ कपिलवस्तु महोत्सवः मंगलबारदेखि डान्स आइडलको अडिसन, पुरस्कारमा वृद्धि

अपि टाइम्स

बुद्धरंगशाला । १४ औं कपिलवस्तु महोत्सवमा आयोजना हुने ‘१२ औँ कपिलवस्तु डान्स आइडल’ को फिजिकल अडिसन मंगलबारबाट हुने भएको छ । आइडलको लागि आवेदनको म्याद सकिएसंगै अडिसनको समय सुरु हुन लागेको हो । आइडल संयोजक खड्क बहादुर क्षेत्रीले मंगलबार विहानसम्म आवेदन फारम लिइने र मंगलबार मध्यान्हदेखि फिजिकल अडिसन सुरु हुने बताए ।

उनका अनुसार समयअवधिभित्र मोबाइलबाट समपर्क गरेर पनि अडिसनमा सहभागिता जनाउन सकिने छ । संयोजक क्षेत्रीले अइडलको अडिसन क्लबको भवन बुद्ध रंगशालामै हुने अपि टाइमसलाई जानकारी दिए । क्षेत्रीले यसपटक डान्स आइडललाई अझै राम्रोसंग ब्यवस्थित गर्न लागिएको बताए ।

पुरस्कारको नगद राशी पहिले दिइएभन्दा यसपटक धेरै रहेको महोत्सवका संयोजक राज कुमार खाँणको भनाई छ ।

आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँ, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ र सान्तवनालाई समेत पुरस्कार दिइने संयोजक क्षेत्रीले जानकारी दिए ।

यसअघि विजेतालाई १ लाख ११ हजार १ सय सम्म दिइएको थियो भने कपिलवस्तु उद्योग वाणिज्य संघले पछिल्ला संस्करणमा मोटरसाइकल र स्कुटर दिएको थियो । स्थान प्राप्त गर्नेले नगदसंगै बिभिन्न गिफ्ट ह्यामपर पनि पाउने बताइएको छ । क्षेत्रीका अनुसार पुरस्कारसंगै आइडलमा छनौट भएका सबैलाई सहभागिताको प्रमाण पत्र दिने काम हुने छ ।

यस क्षेत्रको पर्यटन उद्योग, व्यापार, भेषभूषा र कला संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्न आगामी मंसिर २१ गतेदेखि पुष १ गतेसम्म चारनम्बरको जितपुर बुद्ध रंगशालामा महोत्सव हुने महोत्सव संयोजक तथा आयोजक वाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले बताए । महोत्सव हुने भएपछि तयारी पनि सुरु भएको छ ।