मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमासका नेताले भने– इजरायलसँग सम्झौताको नजिक छौं

हमासका नेताले भने– इजरायलसँग सम्झौताको नजिक छौं

अपि टाइम्स

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ ।

हमासका नेता इस्माइल हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतार मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’ इजरायलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघि थ्याङ्कस गिभिङको एक कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमास सम्झौताको नजिक रहेको संकेत गरेका थिए । इजरायलले आक्रमण रोक्ने र त्यसको बदला हमासले बन्धक बनाएका केहीलाई रिहा गर्नसक्ने बाइडेनको भनाइ छ ।

मानवीय सहायता संगठन रेडक्रस इन्टरनेशनल कमिटी ९आईसीआरसी० ले यसअघि हमासको बन्धकबाट छुटेकाहरुलाई सहयोग गरेको थियो । हाल आईसीआरसीका प्रमुख हमासका नेताहरुलाई भेट्न कतारमा रहेका छन् । त्यसैले पनि इजरायल र हमासबीच छिट्टै कुनै सम्झौता हुनसक्ने सम्भावना व्यक्त भइरहेको छ ।

बीबीसीका जेरुसेलम सम्वाददाताले पनि केही लामो युद्धविरामको बदलामा केही बन्धकहरुलाई छुटाउन डिल भइरहेको बताएका छन् ।