मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धभुमिमा होटल तथा रेष्टुरेन्ट सङ्घको पर्यटन महोत्सव, तयारी कहाँ पुग्यो ?

बुद्धभुमिमा होटल तथा रेष्टुरेन्ट सङ्घको पर्यटन महोत्सव, तयारी कहाँ पुग्यो ?

अपि टाइम्स

कपिलवस्तु। होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुको आयोजनामा आगामी मंसिर १४ गतेदेखि बुद्धभुमिको गोरुसिङ्गेमा हुने कृषि एवम पर्यटन महोत्सव–२०८० हुँदै छ । चन्द्रौटाका क्यान्सर पिडित पत्रकार दिपक कुँवर केसी र जाजरकोट र रुकुमपश्चिमका भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष लेखनाथ घर्तिले बताए ।

मंसिर १४ देखि २४ गतेसम्म संचालन हुने मेलामा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिँदै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनीलाई प्राथमिकता दिने संघको दावी छ ।

महोत्सव आउन अब १० दिन पनि बाँकी छैन । तथापि तयारी अन्तिम चरणतिर पुगेको संघका अध्यक्ष घर्तीले जानकारी दिए । उनका अनुसार स्टल बुकिङ, प्रचारप्रसार लगायतका काम भइरहेका छन् ।

कपिलवस्तु र बुद्धभूमिबासिको आफ्नै महोत्सव भएकाले सबै मिलेर सफल पार्नुपर्ने संघका महासचिव पदम बहादुर ढकालले जानकारी दिए । महोत्सवमा पर्यटनसंगै कृषि वस्तु, हस्तकला, कृषि यान्त्रिकरण लगायतले प्राथमिकता पाउने महासचिव ढकालको दावी छ ।
महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमतर्फ नृत्य प्रतियोगिता, विद्यालय स्तरीय वक्तित्वकला, नेपालका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुतीसहितका सांगितिक कार्यक्रम सञ्चालन हुने बताइएको छ । महोतसवपछि स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ ।