मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति

माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति

अपि टाइम्स

काठमाडौं । नेपाल समाजवादी पार्टीले अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गरेको छ ।

बुधबार पार्टी केन्द्रीय समितिको चौथो बैठकले अध्यक्ष भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहेको पार्टी एकतारध्रुवीकरण संयोजन समिति बनाउने निर्णय गरेको हो ।

बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा ९माओवादी केन्द्र० लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकतारध्रुवीकरण गर्दै जान पार्टी अध्यक्ष भट्टराईको संयोजकत्वमा समिति गठन गरेको अध्यक्षद्वय भट्टराई र यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत शुक्रबार प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा। भट्टराईलाई बोलाएर आफूहरुकै नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउन प्रस्ताव गरेका थिए । त्यसको दुई दिनपछि ३ मंसिरमा बसेको दुबै दलको वार्ता टोलीको बैठकले पनि पार्टी एकता समायोजन समिति बनाउन सुझाव दिएको थियो ।