मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ हजार २२५ शिक्षक पद रिक्त

४ हजार २२५ शिक्षक पद रिक्त

अपि टाइम्स

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ ।

शाखाले सार्वजनिक गरेको विवरण अनुसार माध्यमिक तहमा ४०२, निम्न माध्यमिक तहमा ७४४ र प्राथमिक तहमा ३ हजार १७९ शिक्षक पद रिक्त रहेका छन् ।

शाखाले प्राप्त गरेको २०८० बैशाखदेखि २०८० चैत मसान्तसम्म रिक्त भएको वा हुने मावि, निमावि र प्रावि तहको विवरण शिक्षा विकास तथा समन्वय इकाइलाई रिक्त विवरण एकिन गर्न अनुरोध गरेको छ ।

शाखाले बुधबार सूचना जारी गर्दै भनेको छ ‘शिक्षक सेवा आयोग मार्फत विज्ञापनको लागि प्राप्त भएको विवरण संशोधन गर्नुपर्ने भए कारण सहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र पठाइदिन अनुरोध छ ।’

साथै रिक्त शिक्षक विवरण पठाउन बाँकी रहेका जिल्लाहरुलाई पनि आगामी बुधबारभित्र पठाउन निर्देशन दिएको छ । तोकिएको समयभित्र संशोधित विवरण नआए सोही विवरण विज्ञापनको लागि शिक्षक सेवा आयोग पठाउने समेत शाखाले जनाएको छ ।