मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु महोत्सवः अहिलेसम्मका डान्स आइडल गुमनाम, अहिले यस्तो छ तयारी

कपिलवस्तु महोत्सवः अहिलेसम्मका डान्स आइडल गुमनाम, अहिले यस्तो छ तयारी

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,

कपिलवस्तु । वाणगंगा वेलफेयर सोसाइटीले लगाउने ‘१४ औं कपिलवस्तु महोत्सव, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८०’ को सांगितिक आकर्षणमध्ये प्रमुख विधा हो ‘डान्स आइडल’ । वेलफेयरले लगाउँदा मात्र होइन विगतमा कपिलवस्तु उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दा पनि यो विधा प्रमुख आकर्षण हुने गर्दथ्यो । यो प्रतिस्पर्धालाई विगतदेखि नै धेरै रुचाइएको छ । यसपटक १४ औं कपिलवस्तु महोत्सव हुँदै गर्दा ‘१२ औँ कपिलवस्तु डान्स आइडल’ पनि संगसंगै हुँदैछ । त्यसको लागि अहिले वेलफेयरको कार्यालयमा अडिसनको चरण भइरहेको छ । महोत्सवले चहलपहल बढाइरहँदा यसपटकको आइडल कस्तो होला भनी दर्शकले ब्यग्र प्रतिक्षा गरिरहेका छन् ।

मंसिर ५ गतेदेखि सुरु भएको अडिसनको फाइनल अब मंसिर १९ गते मंगलबार ११ः०० बजे हुँदैछ । त्यसपछि मंचीय प्रतिस्पर्धा हुने छ ।आइडल संयोजक खडक बहादुर क्षेत्री भन्छन् ‘ प्रतिस्पर्धी मंसिर २१ देखि हुने महोत्सवको मंचमा चढ्ने छन् ।’ निकै मिहिनेत गरेर प्रतिस्पर्धी छान्ने काम भएको छ, यसपटकका विजेताहरुले भोलिको दिनमा कपिलवस्तुको नाम राख्नेमा विश्वस्त छौँ । यसपटक आइडललाई विशेष बनाउन प्रयास गरिएको छ ।’

कपिलवस्तुमा अहिलेसम्म भएका ११ औँ संस्करणसम्मका डान्स आइडल गुमनाम छन् । न उनीहरुले राष्ट्रिय स्तरमा ठुलो प्रगति गर्न सकेका छन् नत अरु उपलब्धि गरेका जानकारीमा छ । कोही विदेश पलायन् छन् भने केहिले केहि नृत्यका कक्षा चलाइरहेका छन् । त्यो बाहेक आइडलबाट ठुलो प्रगति गरेको प्रमाण छैन भन्दा हुन्छ ।
टेलिभिजनमा बिभिन्न रियालिटी शो पनि भइरहेका हुन्छन् तर कपिलवस्तुका डान्स आइडलका विजेताको प्रभाव शुन्यजस्तै छ । कपिलवस्तुबाट डान्स आइडलमा विजेता भएकाले सनसनी मच्याए, अरु ठुला पुरस्कार जिते भन्ने कुनै प्रमाण भेटिन्न ।

यसो हुनुको पछाडी महोत्सवमा हुने डान्स आइडलमा चलखेल, आफ्ना मान्छे पार्ने षडयन्त्र, पैसाले टिकट किन्ने प्रथा, निर्णयकमा रहेको पक्षपातपन् इत्यादि कारण छन् । त्यसैले हुनसक्छ सुरुसुरुका संस्करणमाजस्तो अहिले आइडलप्रति त्यस्तो उत्साह देखिन्न । त्यो कुराको प्रमाण महोत्सवमा हुने पछिल्ला अडिसन हुन् । १२ औँ र १३ औँ महोत्सवमा अडिसनमा प्रतिभा नआएर समस्या भएकै प्रमाण छ । पुरस्कार राशी ठुलै भए पनि प्रतिस्पर्धी दिक्क देखिन्छन् । प्रतिस्पर्धिका अभिभावकको गुनासो छ कि ‘पुरस्कारको राशीभन्दा धेरै खर्च गर्नुपर्ने हुन्छ आइडल जित्न ।’

यहि स्थितिलाई मध्यनजर गर्दै यसपटकका प्रतिस्पर्धीलाई निखार्ने र राम्रो प्रतिभा छान्ने गरी तयारी भइरहेको आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले बताए । अपिटाइमसंगको भेट र छलफलमा उनले भनेका छन् ‘विगतमा के भयो जान्दैनौँ । म पनि बिभिन्न आइडलसंग जोडिएको छु । धेरैको गुनासो छ, विगतमा आइडल भएकाहरुले के गरे ?, ‘मैले यसपटक यस विषयमा राम्रो अध्ययन गरेको छु । नगद पुरस्कार मात्र होइन यसपटकका विजेताले राष्ट्रिय तहमा समेत स्थान पाउने छन् । डान्स आइडल क्षमता भएका प्रतिभाको लागि सुनौलो अवसर हो । आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिष्पर्धीलाई म्युजिक भिडियोदेखि लिएर धेरै ठाउँमा स्थान दिइने छ ।’

अहिलेसम्म अडिसनमा छनौट भएकामा त्यो सम्भावना रहेको पनि संयोजक रिजालले बताए । उनले थपे, ‘अन्तिम अडिसन १९ गते छ, त्यतिखेरसम्म थप नयाँ प्रतिभा हामीले पाउने छौँ । यसपटक राम्रा नृत्य देख्न पाउनुहुनेछ दर्शकले ।

महोत्सवका संयोजक तथा वेलफेयरका अध्यक्ष राजकुमार खाँण र निर्देशक बुद्धि रोकाले पनि प्रतिभावान कलाकार छान्न निर्देशन दिएको बताए । संयोजक खाँण भन्छन् ‘तेरो, मेरो भनेर होइन राम्रो र क्षमता भएका प्रतिभालाई छान्न निर्णयकहरुलाई कडा निर्देशन दिएका छौँ । पक्षपात नगर्न भनेका छौँ । यसपटकका विजेताले विगतको तितोपनलाई बिर्साउने काम गर्नेछन् भन्नेमा विश्वस्त छु ।’ संयोजक खाँणले यसपटक कुनै शंका नराखी ढुक्क भएर अडिसनमा सहभागि हुन प्रतिस्पर्धीलाई अनुरोध गरे

आइडलमा पुरस्कार राशी पनि राम्रो रहेकाले मिहिनेत गर्न प्रतिस्पर्धीलाई आग्रह गरे । आइडलमा टिकट र पैसाबाट हुने चलखेललाई सकेसम्म रोक्ने गरी तयारी भइरहेको खाँणको दावी छ । विगतका प्रतिभाले भनेजस्तो प्रगति गर्न नसकेको कुरा पनि उनले स्विकार गरे ।

आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँसँगै चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

कपिलवस्तु महोत्सव पशिच्म नेपालकै चर्चित र धेरै दर्शक आउनेमध्येको महोत्सव हो । बुद्ध रंगशालामा हुने महोत्सवलाई वेलफेयर र कपिलवस्तु उद्योग वाणिज्य संघले आलोपालो गरी संचालन गरिरहेका छन् ।