मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ औँ कपिलवस्तु महोत्सवः पहिलोपटक रेस्लिङ, नेपाल र भारतको लडाँइ

१४ औँ कपिलवस्तु महोत्सवः पहिलोपटक रेस्लिङ, नेपाल र भारतको लडाँइ

अपि टाइम्स

अपिटाइम्स, कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म हुन लागेको १४ औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा यसपटक रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ ।
हरेक महोत्सवमा नयाँनयाँ कार्यक्रम भित्र्याउने गरेको बेलफेयरले यसपटक रेस्लिङ प्रतियोगिता आयोजना दर्शकलाई नयाँपन दिन लागेको हो । रेस्लिङ बुद्ध रंगशालामा २ दिन हुने छ । मंसिर २२ गते र २३ गते हुने रेस्लिङमा नेपालकै चर्चित तथा नेपालको नम्बर वान हार्ड कोड च्याम्पियन मुना श्रेष्ठ (ड्यागन लेडी) ले नेतृत्व गरेको टोलीका चर्चित खेलाडीले प्रतिस्पर्धा गर्ने कार्यक्रम तय भएको संस्थाका अध्यक्ष तथा महोत्सवका संयोजक राज कुमार खाँणले जानकारी दिए । मुनाको नेपालभर क्रेज छ ।

उनले कैयौँ विदेशी खेलाडीलाई रिङमा पछारेर च्याम्पियन बनेकी छन् । उनको साथमा अरु चर्चित रेस्लरको सहभागिता महोत्सवमा हुने छ । नेपाल र भारतका खेलाडीका गरी ६ वटा फाइट हुने रेस्लिङ संयोजक मुना श्रेष्ठले अपि टाइम्सलाई बताइन् । प्रतियोगितामा भारतका खेलाडी पनि प्रतिस्पर्धामा उत्रने श्रेष्ठले बताइन् । फाइनल प्रतिस्पर्धा निकै रोचक हुने उनको भनाई छ । लुम्बिनीमा खेल देखाउन पाउँदा खुसी लागेको उनको भनाई छ ।

दर्शकलाई मनोरञ्जन दिनको लागि फाइदा वेफाइदा केहि नहेरी यसपटक चुनौतिम मोल्ने प्रयास भएको संयोजक खाँणले जानकारी दिए । उनले भने ‘यो साहसिक र चुनौतिपूर्ण खतरा खेल हो । विश्वभर यसको ठुलो क्रेज छ । हाम्रा नानी बाबु र युवाहरुले टिभीमा खेल हेरिरहेका हुन्छन् । हामी सो खेललाई लाइभ देखाउन चुनौति मोलेका छौँ ।’ यसपटकको प्रमुख आकर्षण रेस्लिङ नै रहेको आयोजक बताउँछन् ।

महोत्सवमा रेस्लिङ हुने भएपछि लुम्बिनी प्रदेशमै यसको चर्चा हुन थालेको छ । साथमा महोत्सवमा कृषि, हस्तकला, प्रविधि, पर्यटन, दैनिक उपभोग्य सामाग्री तथा लत्ता कपडा आदिको प्रदर्शनी, डान्स आइड, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति रहने बताइएको छ । करिब ३ सय स्टल रहने महोत्सवको तयारी धमाधम भइरहेको छ ।