मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक्स्ट्रा टेक ओभल क्रिकेट ग्राउण्डको पारस खड्काद्धारा अवलोकन

एक्स्ट्रा टेक ओभल क्रिकेट ग्राउण्डको पारस खड्काद्धारा अवलोकन

अपि टाइम्स

काठमाण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले रुपन्देहीको तिलोत्तमामा निर्माणाधिन एक्स्ट्रा टेक ओभल क्रिकेट ग्राउण्डको अवलोकन गरेका छन् ।

नेपाली क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका खड्काले सोमबार रंगशालाको अवलोकन गरेका हुन् । उनले पूर्व खेलाडी शक्ति गौचन, रंगशालाका अभियान्ता तथा लगानीकर्ता विनोद कुँवर लगायतको टोलीसंगै मैदानको अवलोकन गरेका थिए । अवलोकन पछि सचिव खड्का निकै खुसी भएका छन् । उनले सामाजिक संजाल फेसबुकबाटै खुसी साटेका छन् ।

उनले लेखेका छन् ‘एक्स्ट्रा टेक ओभल क्रिकेट ग्राउण्डको निर्माण कार्यमा अहोरात्र खटिनु भएका बिनोद कुँवर जी, शक्ति गौचन जी लगायत सिंगो टिमले छोटो समयमा नै धेरै काम गरिसक्नु भएको देख्न र बुझ्न पाउँदा अत्यन्तै खुसि लागेको छ।
क्रिकेटको भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने यस कदमप्रति हार्दिक आभार सहित भविष्यका लागि अग्रिम शुभकामना समेत ब्यक्त गर्न चाहन्छु।’ उनले केहि तस्वीर पनि सार्वजनिक गरेका थिए ।

यता खड्काको अवलोकनपछि विनोद कुँवरले धन्यबाद दिए । खड्काको भ्रमणले निर्माण कार्यमा थप उत्साह थपेको भन्दै कुँवरले खड्कालाई धन्यबाद दिए । फेसबुकमा कुँवरले लेखेका छन् ‘नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवंम नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले निर्माधिन एक्स्ट्राटेक ओवल मैदानको निरिक्षण गर्नु भएको छ । यसले समयमै निर्माणको काम सक्ने हाम्रो प्रतिबद्धतामा थप जोश प्रदान गरेको छ । क्यानबाट सवै खाले सहयोग हुने विश्वास दिलाउनु भएकोमा हामी पारस खड्का ज्यु प्रति आभार प्रकट गर्न चाहान्छु । एक्स्ट्राटेक ओवललाई हामी छिट्टै खेल्न योग्य मैदान बनाउने छौं र त्यसपछि अन्य पूर्वाधारका काम सुरु हुनेछ । यसबारे हामी केहि दिनमै जानकारी गराउने छौं ।’