मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असफलतातिर छैठौँ सैनामैना महोत्सव, भन्न थालियो ‘हाटबजार भन्दा पनि झुर’

असफलतातिर छैठौँ सैनामैना महोत्सव, भन्न थालियो ‘हाटबजार भन्दा पनि झुर’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँ आउने क्रममा सिटमा एक जना अपरिचित ब्यक्तिसंग चिनजान भयो । उनी सैनामैन नगरपालिकास्थित मुर्गियाका रहेछन् । रातभर त्यति कुराकानी भएन । विहान ३ बजेतिर शौच गर्न निस्केपछि हामीले चिनजान गर्यौँ । अनि केहि कुरा भयो । मैले मुर्गियामा लागेको सैनामैन महोत्सव कस्तो भइरहेछ भनेर सोधेँ । उनले ठाडै भने ‘अहिले पनि महोत्सव असफल भयो । त्यहाँ अहिलेसम्म ५ ६ कति मेला लागे एउटा पनि सफल भएको देखेको छैन ।’ यसपटक सडक छेउको सानो ठाउँमा लागेको मेला असफल रहेको उनको भनाई थियो ।

उनले दिनभर फर्निचर शोरुमबाट महोत्सवको गतिविधि सुन्ने गरेको र अहिलेसम्म नगएको बताए । ‘महोत्सवमा चहलपहल र नयाँपन नै छैन । महोत्सव नाम दिइएको छ त्यो बजारजस्तो छ । त्यस्तो पनि के हेर्नु ? बरु मुर्गिया बजार नै राम्रो छ । यस्तो लाग्छ यो महोत्सव हाटबजारभन्दा पनि झुर छ, उनको भनाई थियो ।

त्यसपछि हामीले अहिले लागेका महोत्सवहरु असफल हुनुको कारण केलायौँ, ‘जसले जहाँ पनि लगाउनु, नयाँपन दिन नसक्नू ।’ यस्तै कुरा गर्दै हामी मंगलबार विहान बाफलबाट छुट्टियौँ ।

त्यसपछि मंगलबार दिउसो नै फेसबुकमा धीरेन्द्र बेलबासे नाम गरेका एक जना ब्यक्तिले एक सन्देश लेख्दै सैनामैना महोत्सवका केहि दृश्य सार्वजनिक गरे । उनले लेखेका छन् ‘लाखौंलाख दर्षक उतार्ने भन्ने उदेस्यका साथ सँचालन गरीयका मेला महोत्सब मध्येकै मुर्गिया बजारमा लागेको महोत्सबको दृश्यले के सँकेत गर्छ ? कमेन्ट गर्नुहोला। दिउस ३ बजेतिर लियका तस्बिरहरू ।’
बेलबासेले भनेजस्तै सैनामैना महोत्सव असफलसिद्ध भएको छ । ३ बजेको दृश्यमा दर्शक छैनन् । एकदुईजना मान्छे मात्रै देखिन्छन् । यो तस्विरले महोत्सव असफल दिशातिर रहेको सजिलै बुझ्न सकिन्छ । धीरेन्द्रको यो पोष््ट्याईले हाम्रो कुराकानीलाई पुष्टि गर्यो । उसो त धेरै स्थानीय र सरोकारवालाले सैनामैना महोत्सव असफल भएको बताइरहेका छन् ।

छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवमा दर्शक छैनन् भने ब्यापार पनि शुन्य छ । स्थानीयका अनुसार महोत्सव लगाइएको ठाउँ सबैभन्दा अनुपयुक्त छ । महेन्द्र राजमार्गको छेउमा, मन्दिर परिषरलाई बारबेर गरेर महोत्सव चलाइएको छ । झट्ट हेर्दा हाटबजारजस्तो देखिन्छ महोत्सवस्थल ।

‘आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार’ भन्ने नाराका साथ सैनामैना उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सव असफल भएपछि संघकै अहिले बदनाम भइरहेको छ ।

महोत्सवको एक साता नियाल्दा नारामा भनेजस्तो न आर्थिक विकासको राष्ट्रिय आधार तय गरेको छ, न कृषि, पर्यटन, उद्योग र ब्यापारलाई प्रवद्धन र टेवा दिएको छ । नारा एकतातिर, काम अर्कैतिर रहेको देखिन्छ । यता आयोजकले भने मंसिर ६ गते देखि सुरु भएको महोत्सव सफल हुँदै आएको दावी गरेको छ । महोत्सव मंसिर १७ गते सम्म सञ्चालन हुने छ ।

त्यहिका एक जना ब्यवसायीले भने ‘महोत्सव कृषि, पर्यटन र प्रदर्शनीको लागि महोत्सव लगाइन्छ भन्ने सबै झुट हो । महोत्सवबाट न किसान दाजुभाईलाई लाभ छ न त्यहाँको ब्यापार प्रवद्धन । पीङ, कलाकार र स्टल ठेक्का लिनेले कमाउने हो । उनकै स्वार्थमा जहाँ पनि महोत्सव लगाउने चलन छ । कलाकार, पीङ, झुला, स्टल आदिको ठेक्का लिनेलाई हो मालामाल हुने महोत्सवमा । स्थानीयले पनि केहि पाउँदैनन् । यस्तो असफल महोत्सव लगाएर मुर्गियाकै बदनाम गरायो संघले ।’

सफल भएको दावी भए पनि आयोजकका केहि सदस्यले भने महोत्सव भनेजस्तो नभएको बताउँछन् । महोत्सव असफलतातिर जानुको पछाडी धेरै कारण रहेको ती सदस्यले बताए । नाम नभन्ने शर्तमा उनले भने ‘भैरहवामा पनि मेला लागेको छ । तिलोत्तमामा पनि मेला लागेको छ । हामीले पनि लगायौँ तर भनेजस्तो भएन । चर्चित कलाकार आउँदाबाहेक अरुबेला उत्साह नदेखिएको ती सदस्य बताउँछन् ।’

यता स्टलधनीले माखा धपाएर बस्नु परेको भन्दै आयोजकले महोत्सव बयवस्थापन गर्न नसकेको बताए ।