मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोप–२८ सम्मेलनको लागि प्रधानमन्त्री दाहाल आज यूएई जादै

कोप–२८ सम्मेलनको लागि प्रधानमन्त्री दाहाल आज यूएई जादै

अपि टाइम्स

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई जाने भएका छन् ।

भोलिदेखि मंसिर २६ गतेसम्म चल्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन कोप–२८० मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।

मंसिर १५ र १६ गते सम्मेलनमा सहभागी राज्य सरकार र प्रमुखहरुले सम्बोधन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री दाहालले मंसिर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल मंसिर १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ ।