मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलिदेखि बुद्धभुमि महोत्सव, बाजागाजासहित दुई दर्जन संस्थाको झाँकी देखिने

भोलिदेखि बुद्धभुमि महोत्सव, बाजागाजासहित दुई दर्जन संस्थाको झाँकी देखिने

अपि टाइम्स

कपिलवस्तु । बुद्धभुमि नगरपालिकामा विहिबारबाट सुरु हुने कृषि, उद्योग, तथा पर्यटन महोत्सवको उद्घाटन सत्रमा करिब २ दर्जन समुहले बाजागाजासहित सांस्कृतिक र्याली निकाल्ने भएका छन् ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुले आयोजना गरेको महोत्सवको नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचायले उद्घाटन गर्ने कार्यक्रम छ । तयसअघि महोत्सवलाई सफल बनाउन विहान ११ बजेदेखि ईलाका प्रहरी कार्यलय गोरुसिंगेदेखि प्रभातफेरि निकाल्ने आयोजकले जनाएका छन् ।

प्रभातफेरिमा बिभिन्न जाती, समुह, समुदाय, विद्यालय, भजनमण्डली, बालबालिका लगायतले बजागाजासहित झाँकी समाहित हुने महोत्सवका संयोजक तथा संघका लेखनाथ घर्तीले बताए । बुद्धभूमि थारु संस्कृतिको भण्डार रहेकाले थारु जातिका बिभिन्न समुदायले विशिष्ट खालको थारु संस्कृति पस्कने बताइएको छ । तयहि अनुसार क्लव र समुहलाई निर्देशन दिइएको बताइएको छ ।

उनका अनुसार प्रभातफेरि महोत्सवस्थल मायाज होटेलको पछाडी महोत्सवस्थलमा पुगेर समापन हुनेछ । त्यसपछि मध्यान्ह १२ बजे झाकीको डेमो ( नमुना) प्रस्तुति हुनेछ ।

करिब १ घण्टा डेमो प्रस्तुत भएपछि दिउँसो १ बजे मन्त्री आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेकोले सहभागिताको लागि महासचिव पदम ढकालले सबैलाई आग्रह गरे । कार्यक्रममा बुद्धभूमिका नगरप्रमुख केशव कुमार श्रेष्ठ लगायतका जनप्रतिनिधिको सहभागिता हुने ढकालले बताए ।