मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाबालिग बलात्कारका प्रतिवादी ७ वर्षपछि पक्राउ

नाबालिग बलात्कारका प्रतिवादी ७ वर्षपछि पक्राउ

अपि टाइम्स

काठमाडौँ । नाबालिग बलात्कारका प्रतिवादीलाई भोजपुर प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, भोजपुरले बुधबार २६ वर्षीय सुन्दर राईलाई पक्राउ गरेको डिएसपी सुदीप पाठकले जानकारी दिए।

रामप्रसाद राई गाउँपालिका(१ बैकुण्ठे बस्ने सुन्दरलाई प्रहरीले सोही गाउँपालिकाको वडा नम्बर १ स्थित ओख्रेबाट पक्राउ गरेको हो।

डिएसपी पाठकका अनुसार सुन्दरले २०७३ असोज १९ गते राति ८ वर्षीया नाबालिगमाथि बलात्कार गरेका थिए।

घटनापछि उनी फरार थिए।

गत वर्ष माघ १८ गते जिल्ला अदालतले उनलाई ५ वर्ष जेल सजाय सुनाएको थियो।