मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा पहिलो पटक समलैंगिक विवाह दर्ता

नेपालमा पहिलो पटक समलैंगिक विवाह दर्ता

अपि टाइम्स

काठमाडौँ । नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो ।

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ ले पाण्डे र गुरुङबीचको विवाहलाई दर्ता गरेको हो ।

स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम पाण्डे र गुरुङको विवाह दर्ता गराएकी हुन् । पाण्डे र गुरुङबीचको विवाह बुधबार दर्ता गरिएको हो । उनीहरूले विवाह गरेको मिति २०७४ असोज २७ गते राखिएको छ । विवाह दर्ता प्रमाणपत्रमा विवाहको प्रकारमा ुसामाजिक परम्पराअनुसारु उल्लेख गरिएको छ । यो विवाह दर्ताको अभिलेख भने अस्थायी रूपमा राखिने पनि प्रमाणपत्रमा उल्लेख छ ।