मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धभूमि महोत्सवः ज्योति मगरदेखि प्रिति पासवानसम्म, आज राम जि खाँण

बुद्धभूमि महोत्सवः ज्योति मगरदेखि प्रिति पासवानसम्म, आज राम जि खाँण

अपि टाइम्स

कपिलवस्तु । बुद्धभूमि नगरपालिकामा हिजोदेखि सुरु भएको दोश्रो कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीमा आज चर्चित राष्ट्रिय दोहोरी गायक राम जि खाँण आउने भएका छन् ।

होटेल तथा रेष्टुरेन्ट ब्यवसायी संघ ले आयोजना गरेको महोत्सवमा खाणसंगै भोजपुरी गायक प्रमोद जख्मी, लोक दोहोरी गायिका बिष्णु श्रीपाली लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै महोतसव अवधिभर चर्चित कलाकार भित्राउने आयोजकको तयारी छ ।

त्यसअन्तर्गत अहिले चर्चामा रहेका लोक दोहोरी गायिका ज्योति मगरदेखि आइटम डान्सबाट चर्चामा रहेकी प्रिति पासवानसम्म छन् । मेला र महोत्सवमा उनीहरु सर्वाधिक चर्चामा छन् । युवाहरुमाझ उनीहरुको क्रेज बढ्दो छ ।

महोत्सवको पहिलो दिन दर्शको उत्साहजनक सहभागिता रहेको थियो । “देश निर्माणमा व्यापारको आवश्यकता सामाजिक एकता कृषि तथा पर्यटन प्रवर्धन” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव मंसिर २४ गतेसम्म संचालन हुनेछ ।