मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुकम्प पीडितको उपचार र पुर्ननिर्माणमा ब्यस्त एमाले कपिलवस्तु (तस्वीरहरु)

भुकम्प पीडितको उपचार र पुर्ननिर्माणमा ब्यस्त एमाले कपिलवस्तु (तस्वीरहरु)

अपि टाइम्स

काठमाडौँ । नेकपा एमाले कपिलवस्तुको प्रतिनिधित्व गर्दै भुकम्प प्रभावित क्षेत्र पुगेको स्वयम् सेवकको टोली निरन्तर काममा रहेको छ ।

जिल्ला अध्यक्ष डम्बर शर्माको नेतृत्वमा पुगेको टोलीले शुक्रबार ११ औँ दिनसम्म निरन्तर काममा रहेको हो । टोलीले रुकुम पश्चिमको आठबीसकोट, चिसापानी र जाजरकोटको नलगाढमा टोलीले काम गरिरहेको छ । भुकम्प प्रभावित सर्वसाधारणको स्वास्थ्य उपचारदेखि घरगोठ निर्माण गरिरहेको छ । टोलीमा रहेका नेता धर्मराज भट्टराईले चिसोमा काम गर्न समस्या भए पनि सेवा गर्न पाउँदा खुसी लागेको अपिटाइम्सलाई बताए ।

सरकार तथा बिभिन्न राहत बाँड्ने टोलीको काम प्रचार र चर्चामा आए जस्तो नभएको भन्दै धेरै प्रभावितहरु उद्धार र राहतको प्रतिक्षामा रहेको भट्टराइले बताए । आफूहरुको कामबाट धेरै आमाबुबाले राहत र उपचार पाएको उनले बताए । गत मंसिर ४ गते गएको २१ जनाको टोली मंसिर १७ गते कपिलवस्तु फर्कने छ ।
तस्वीरहरु