मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेनले भने ‘हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ’

बालेनले भने ‘हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ’

अपि टाइम्स

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले नेपालमा रहेको आरक्षणबारे ब्यङ्गय गरेका छन् । सामाजिक संजाल फेसबुकमा मा शुक्रबार साझँ एक सन्देश लेख्दै मेयर बालेनले नेपालमा गाली खाने अधिकारमा पनि आरक्षण रहेको भन्दै आरक्षणको ब्यङग्य गरेका हुन् । उनले लेखेका छन् ‘ रब्बरको जुत्ता बनाउछु म , त्यस्मा पनि सुरुको अधिकार मेरो हो भनेर आउछन ।
र , नतन्किने प्लास्टिकको बनाएर जान्छन ।
हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ ।’

केहि समयअघि उनले ८४ पछि सबै सक्किएर आफूले देश बनाउने खालको अभिब्यक्ति दिएका थिए । यसपछि रवि र बालेन एक अर्काका विरोधीजस्ता देखिएको भन्दै सामाजिक संजालमा आलोचना भएको थियो । यस स्टाटसमा उनीमाथि गाली पनि आएको थियो । कतिपयले रवि र बालेन मिलेर जानुको सट्टा बालेनको अभिब्यक्तिले फाटो ल्याउने गरेको र तयो फाटोले यिनै पुराना दललाई बल पुग्ने भन्दै मिल्न आग्रह गरेका थिए । त्यहाँ आएको गालीमाथि बालेनले ब्यङग्य गरेको हुन सक्ने अनुमान छ ।