मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धभूमि महोत्सवः तेश्रो दिनसम्म दर्शकको उल्लेख्य साथ

बुद्धभूमि महोत्सवः तेश्रो दिनसम्म दर्शकको उल्लेख्य साथ

अपि टाइम्स

कपिलवस्तु । बुद्धभूमि नगरपालिकामा जारी दोश्रो बुद्धभूमि महोत्सवले दर्शकको उल्लेखय साथ पाएको छ । छिमेकी जिल्ला लगायतमा धमाधम महोत्सव र मेला लागिरहेको सन्दर्भमा कस्तो होला भन्ने आयोजकको संसयकाबीच दर्शकले साथ दिएका हुन् ।

उद्घाटनमा पनि उल्लेख्य दर्शक आएकामा शनिबार वडा नम्बर २ को गोरुसिंगेस्थित महोत्सवस्थलमा दर्शकहरु भरिभराउ थिए । चर्चित लोक दोहोरी गायक पशुपति शर्माले करिब २ घण्टा दर्शकलाई मनोरञ्जन दिएका थिए । आयोजकका अनुसार शनिबार मात्र करिब ८ हजार दर्शक आएका थिए ।

तेश्रो दिनसम्मको दर्शकको साथले आयोजक होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ हौसिएको छ । संघका अध्यक्ष तथा महोत्सव संयोजक लेखनाथ घर्ती र महासचिव पदम ढकालका अनुसार आगामी दिनलाई पनि राम्रो बनाउने र दर्शक भित्राउनेगरी तयारी रहेको बताए ।
“देश निर्माणमा व्यापारको आवश्यकता सामाजिक एकता कृषि तथा पर्यटन प्रवर्धन” भन्ने मूल नाराका सहित मङ्सिर २४ गतेसम्म महोत्सव संचालन हुनेछ । महोत्सवमा स्थानीय कला संस्कृति र कृषि उतपादन, स्वदेशी खाना र परिकार, डान्स आइडल, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुतिलाई देख्न पाइन्छ ।

महोत्सवको शान्ति सुव्यवस्था मजबुत पार्नका लागि नेपाल प्रहरी लगायतका सुरक्षाकर्मी खटाइएको छ भने दर्जनौको संख्यामा स्वयमसेवक परिचालन गरिएको देखिन्छ ।