मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ औँ कपिलवस्तु महोत्सवको रेस्लिङ हेर्न छुट्टै टिकट नलाग्ने

१४ औँ कपिलवस्तु महोत्सवको रेस्लिङ हेर्न छुट्टै टिकट नलाग्ने

अपि टाइम्स

१४ औँ कपिलवस्तु महोत्सवमा सहभागी हुने प्रमुख खेलाडी मुना श्रेष्ठ (ड्यागन लेडी) ले प्रतिद्वन्दीलाई पछार्दै

काठमाडौँ । १४ औँ कपिलवस्तु महोत्सव अन्तर्गत यसपटक सबैभन्दा आकर्षणको केन्द्र बन्दैछ छ रेस्लिङ प्रतियोगिता । बाणगंगा वेलफेयर सोसाइटीले वाणगंगास्थित बुद्ध रंगशालामा पश्चिम नेपालमै पहिलोपटक आयोजना गर्न लागेको रेस्लिङ प्रतियोगितालाई लिएर अहिले सर्वाधिक चर्चा छ ।

रेस्लिङको नियम थाहा भएका जानकारदेखि बालबच्चासम्म अहिले उक्त प्रतियोगिताको चर्चा छ । आगामी मंसिर २२ र २३ गते ( शुक्रबार, शनिबार) हुने प्रतियोगितामा रेस्लिङको हार्ड कोर्ट खेल हुनेछ । यो भनेको जोखिमपूर्ण खेल हो । यसमा आगो लगाउनेदेखि साङ्लाले हान्नेसम्मको गतिविधि देख्न पाइने छ । प्रतियोगितामा नेपालकै चर्चित रेस्लर मुना श्रेष्ठको टोलीमा रहेका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने भारतका खेलाडी पनि आउनेछन् । प्रतियोगितालाई लिएर अहिले उक्त टोलीले काठमाडौँमा अभ्यास गर्दैछ ।

आयोजकका अनुसार यो प्रतियोगिता सर्वाधिक चर्चा र जनताको रुचीमा रहेका कारण स्वयम्सेवी भावनाबाट खेलाइँदै छ । अर्थात् यो प्रतियोगिता हेर्न छुट्टै टिकट नलाग्ने र प्रवेश टिकटकै आधारमा हेर्न पाइने छ । सोसाइटीका अध्यक्ष तथा महोत्सवका संयोजक राजकुमार खाँण भन्छन् ‘अन्य स्थानमा छुट्टै पाँच सय, १ हजारसम्मको टिकट लिएर रेस्लिङ चलाएको पाइन्छ । तर हामीले छुट्टै टिकट नलिने निर्णय गरेका छौँ । हामीलाई घाटानाफा जे होला हामी दर्शकलाई प्रवेश टिकटकै आधारमा मनोरञ्जनमा संसारकै चर्चित खेल रेस्लिङ देखाउन खोजिरहेका छौँ ।’

मौकाको फाइदा उठाउन दर्शकलाई अनुरोध गर्दछु । संयोजक खाँणले रेस्लिङ हुने भएपछि युवा र केटाकेटीमा उत्साह देखिएको बताए । अब महोत्सव आउन १ साता पनि छैन । मंसिर २१ गते उद्घाटन हुने महोत्सव पौष १ गते समापन हुनेछ । आयोजकका अनुसार महोत्सवको ५० प्रतिशत तयारी सकिएको छ ।