मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्र भण्डारीले गर्ने भए ‘१४ औँ कपिलवस्तु महोत्सव’ को उद्घाटन

चन्द्र भण्डारीले गर्ने भए ‘१४ औँ कपिलवस्तु महोत्सव’ को उद्घाटन

अपि टाइम्स

काठमाडौँ । १४ औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी २०८० को उद्घाटन नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गर्ने भएका छन् । लामो छलफलपछि आयोजक वाणगंगा वेलफेयर सोसाइटीले भण्डारीबाट महोत्सवको उद्घाटन गर्ने निर्णय गरेको हो । आगामी मंसिर २१ गते बुद्ध रंगशालामा भण्डारीले महोत्सवको उद्घाटन गर्नेछन् ।

ग्याँस विसफोट भएपछि ठुलो दुर्घटनामा परेका भण्डारी लामो उपचारपछि पुर्नजीवन पाएका नेता हुन् । उपचारपछि निको भएर उनले गरेको संसदको सम्बोधनदेखि सार्वजनिक कार्यक्रमका भाषण सामाजिक संजालमा चर्चित छन् ।

काँग्रेसको नेता भए पनि भण्डारी सबैको प्रिय नेता मानिन्छन् । इमान्दार चरित्र र प्रष्ट बोल्ने उनको विशेषता हो । यिनै विशेषता रहेका र अहिलेका सर्वाधिक चर्चामा रहेका कारण यसपटक भण्डारीलाई उद्घाटनको प्रमुख अतिथि बनाउने निर्णय गरिएको सोसाइटीका अध्यक्ष तथा महोत्सवका संयोजक राज कुमार खााणले अपिटाइम्सलाई जानकारी दिए ।

उद्घाटनको अवसरमा भण्डारीसंगै जिल्लाका मन्त्री र नेताहरु सहभागि हुनेछन् भने बिभिन्न पालिकाका प्रमुख पनि सहभागि हुनेछन् । उद्घाटन अघि बिभिन्न स्थानबाट बाजागाजासहितको सांस्कृति झाँकी निकाल्ने तयारी भएको महोत्सवका निर्देशक तथा सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाको भनाई छ ।