मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले भने विप्लवलाई पक्राउ पुर्जी जारी गर्नु गलत भयो

प्रचण्डले भने विप्लवलाई पक्राउ पुर्जी जारी गर्नु गलत भयो

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द (विप्लव) विरुद्ध जारी भएको पक्राउ पुर्जी गलत भएको बताएका छन्।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले सो पक्राउ पुर्जीबारे छलफल भइरहेको वनि बताए।

‘विप्लवलाई वारेन्ट जारी गलत भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबारे वार्ता भइरहेको छ।’

काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा विप्लवसहित अन्य ४ जना नेतताविरुद्ध सोमबार ३५ दिने पक्राउ पुर्जी जारी भएको हो।

महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड०, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।