मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसी सेनामा आबद्ध ६ नेपाली मारिएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि

रुसी सेनामा आबद्ध ६ नेपाली मारिएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि

अपि टाइम्स

काठमाडौँ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा आबद्ध ६ जना नेपालीको मुत्यु भएको पुष्टि गरेको छ ।

पराराष्ट्र मन्त्रालयका अनुसार स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, मेलुङ गाँउपालिका–६, दोलखाका राजकुमार कार्की, बाणगंगा–१, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको हो ।

सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुस(युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको छ । यसैगरी मन्त्रालयले मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ ।