मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लागु औषध नियन्त्रणको मिसनमा पिपरा प्रहरी, वाणगंगाबाट पक्राउ परे यी युवा

लागु औषध नियन्त्रणको मिसनमा पिपरा प्रहरी, वाणगंगाबाट पक्राउ परे यी युवा

अपि टाइम्स

वाणगंगा । कपिलवस्तुको वाणगंगा क्षेत्रमा प्रहरीले लागू औषध नियन्त्रणको मिसनमा लागेर काम गरिरहेको छ । इलाका प्रहरी कार्यालय पिपरामा प्रहरी निरिक्षक गोपालजंग रायमाझीले नेतृत्व लिएपछि धमाधम लागु औषधका कारोबारी प्रहरीको फन्दामा परिरहेकोबाट पुष्टि हुन्छ प्रहरी कार्यालय पिपरा मिसनमा काम गरिरहेको छ ।

पछिल्ला दिन लागु औषधका कारोबारी पक्राउ गरिरहेको अवस्थामा फेरि प्रहरीले बाणगंगा नगरपालिकाबाट लागु औषधको प्रयोग र कारोबारीमा संलग्न रहेका २८ बर्षिय एक युवालाई पक्राउ गर्न सफल भएको छ । पक्राऊ पर्नेमा बाणगंगा २ कप्टैयाका २८ बर्षका अमित विक रहेका प्रहरी नीरिक्षक रायमाझीले बताए । विकसंगै आफ्नो कार्यकालमा अहिलेसम्म २० जना लागू औषधका कारोबारी पक्राउ परेका उनले बताए ।

लखनचोक–मेचकुरी सडकखण्डको किनारामा बसिरेको समयमा उनले लगाएको ज्याकेट चेकजाँच गर्ने क्रममा ११ पुरिया १ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित विकलाई पक्राउ गर्न सफल रहेको ईन्स्पेक्टर रायमाझीले बताए ।

विकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखिएको र अनुसन्धान भईरहेको उनको भनाई छ ।
वाणगंगामा लागू औषध प्रयोगकर्ता बढेको भन्दै सरोकारवाला चिन्तित छन् ।