मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सफलतातिर बुद्धभूमि महोत्सव, कलाकार चयन र स्थानीय प्रदर्शनी प्रमुख आकर्षण

सफलतातिर बुद्धभूमि महोत्सव, कलाकार चयन र स्थानीय प्रदर्शनी प्रमुख आकर्षण

अपि टाइम्स

कपिलवस्तु । बुद्धभुमि नगरपालिकाको वडा नम्बर २ गोरुसिंगेमा जारी दोश्रो बुद्धभूमि महोत्सव आयोजकले सोँचेभन्दा पनि सफल बन्दै गएको छ । होटेल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुले मंसिर १४ गतेदेखि सुरु गरेको महोत्सवको पाँचौँदिनसम्म आइपुग्दाको अवस्थालाई हेर्दा सफलताको दिशामा देखिन्छ ।

उद्घाटनमा दर्शकले भरपुर साथ दिएको महोत्सवमा दोश्रो, तेश्रो, चौथो र पाँचौँ दिनसम्म दर्शकले उल्लेख्य साथ दिएका संघका कोषध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए । उनका अनुसार आइतवार टिकटक स्टार प्रिति पासवान, लोक गायक श्री कृष्ण बम मल्ल, लोक गायक ढाकाराम पौडेल, लोक गायीका मनमाया प्रजापती , तारा थापा लगायतको प्रस्तुती हेर्न करिब ७ हजार बढी दर्शक आएका थिए । त्यसअघि रामजि खाँण र पशुपति शर्माको प्रस्तुति हेर्न पनि उत्तिकै संख्यामा दर्शक आएका उनले बताए । सोमबार एलिना चौहन लगायतका कलाकारले नचाएका थिए । सोमबार पनि दर्शकको उल्लेख्य साथ रहेको बताइएको छ ।

कलाकार चयन, महोत्सवमा राखिएका स्थानीय कला, संस्कृति, स्थानीय कृषि उत्पादनका वस्तु र स्थानीय परिकारका कारण दर्शकको भीँड बढेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक लेखनाथ घर्ती र महासचिव पदम ढकालको दावी छ । महोत्सव हेर्न छिमेकी जिल्लाबाट पनि दर्शकहरु आएका उनीहरुले बताए ।

महोत्सवमा स्थानीय थारु जातिको संस्कृति, पहिचना र खानपान विशेष रुपमा देख्न पाइन्छ । थारु जातिको आफ्नै संस्कृति झल्कने खालको चिटिक्कका घर पनि बनाईको छ । त्यसभित्र र बाहिर थारु जातिका बिभिन्न पहिचान देख्न पाइन्छ भने खानेकुरा पनि खान पाइन्छ । बुद्धभूमिमै उत्पादन भएका कृषि बाली, ग्लोबल डेरीका उत्पादन लगायतलाई पनि दर्शकले मन पराएका आयोजक बताउँछ । यस्तै रोटे पीङ, बाल उद्यान, डान्स आइडल लगायतका गतिविधि पनि महोत्सवका सहायक आकर्षणका रुपमा देखिन्छन् ।

आगामी दिनमा यसैगरी दर्शकको संख्य बढ्नेमा आफूहरु आशावादी रहेको महासचिव ढकाल बताउँछन् । करिब ७० हजार दर्शकले मेला भर्ने र १ करोड बराबरको आर्थिक आम्दानी हुने आयोजकको लक्ष्य छ । महोत्सव मंसिर २४ गते सकिने छ । बुद्धभूमि नगरपालिका, बुद्धभूमि उद्योग बाणिज्य संघ, बुद्धभूमि व्यापार संघले सहयोग गरेको महोत्सवमा ग्लोवल डेरी प्राली मुख्य प्रायोजक छ ।