मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ औँ कपिलवस्तु डान्स आइडलको फाइनल अडिसन आज

१२ औँ कपिलवस्तु डान्स आइडलको फाइनल अडिसन आज

अपि टाइम्स

कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सवको प्रमुख आकर्षक अन्तर्गत रहेको १२ औँ कपिलवस्तु डान्स आइडलको फाईनल अडीसन भोलि मंगलबार हुने भएको छ ।

गत मंसिर ५ गतेदेखि विभिन्न चरणमा सुरु भएको डान्स आईडलको अडिसन भोलि १९ गते मंगलबार ११ः०० बजेदेखि सुरु हुने आइडल संयोजक खडक बहादुर क्षेत्रीले बताए। फाईनल अडिसनमा छनोट भएका प्रतिसर्धीले २१ गतेदेखि हुने लागेको १४ औं कपिलवस्तु महोत्सव अन्तर्गतको २२ गते देखि १२ औँ कपिलवस्तु डान्स आईडलमा प्रतिसपर्धा गर्ने छन ।

यस अघि प्रतियोगिहरुले गत मंसिर ५, ७, ८ र ९ गते नृत्य प्रस्तुत गरेका थिए । १२ औं कपिलवस्तु डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार, र राम्रो डान्सर बन्ने अवसर कपिलवस्तुमै आएको बताए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिसपर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने प्रतिबद्धता गरे ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सव र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान रहेको छ।