मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेनी सेनासंग लड्दालड्दै सधैँका लागि अस्ताएका वाणगंगाका रुपक

युक्रेनी सेनासंग लड्दालड्दै सधैँका लागि अस्ताएका वाणगंगाका रुपक

अपि टाइम्स

कपिलवस्तु । रुस युक्रेन युद्धको क्रममा मारिनेमा कपिलवस्तुका एक युवा पनि परेका छन् । बाणगंगा नगरपालिका–१ मन्द्रेलीटोल निवासी २४ वर्षीय रूपक कार्की युक्रेनी फौजको आक्रमणमा परेर ज्यान गुमाएका थाहा भएको हो । रुपक २०७९ जेठ २५ गते काठमाडौंबाट रुसका लागि उडेका थिए । बागबजारको ड्रिम इन्टरनेसनल कन्सल्टेन्सीमार्फत उनी वैदेशिक रोजगारी र अध्ययनका लागि रुस गएको पिता मानबहादुरले बताए ।

पिता मानबहादुरका अनुसार ‘आफन्तको सहयोग र घरजग्गा बन्धकी राखेर रुपक रुस उडेका थिए । रुपक रुस जानको लागि ‘विपन्न परिवारका मान बहादुरको १० लाखभन्दा बढी त खर्च नै भएको थियो । मान बहादुर भन्छन् ‘यस्तो विपत् आउला भन्ने कहिल्यै सोँचेको पनि थिइन्ँ ।छोराको यस्तो खबर सुन्दा अझै पत्यार लागेको छैन । ‘रूपकसँगै रुस पुगेका उनका एक साथीका अनुसार गत जुन अन्तिम साता भएको लडाइँमा परी उनको मृत्यु भएको हो ।

रूपक मान बहादुरका एक्ला छोरा हुन् । उनकी एक बहिनी रहेको परिवार श्रोत बताउँछ ।रुसी सेनामा भर्ती खुलेको जानकारी पाएपछि दुवै जनाले सँगै दरखास्त हालेर भर्ती भएको उनको भनाइ छ । उनका साथी पनि अहिले घाइते भएका छन् । सेनाको निगरानीमा रहेका उनले भनेका छन् ‘म हलिे सेनाको निगरानीमा छु । ‘म घाइते भएर सेनाको अस्पतालमा उपचाररत पनि छु, रुपकको ज्यानै गयो ।’ झन्डै एक वर्ष सँगसँगै कलेज गएको र पार्टटाइम काम गरेको उनले संचारमाध्यमलाई बताए ।

रुपकको घटना थाहा पाएपछि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी उनकै घरमा पुगेका छन् । उनले रुपकका बुबा मान बहादुरलाई भेट गरी पन्थीले सान्तवना दिएका छन् । पन्थीले परिवारको लागि आफूले सक्दो सहयोग गर्ने बताए ।
छिमेकी धातानन्द भुसालका अनुसार अहिले परिवारमा बज्रपात छ । परिवार र छिमेक नै शोकमा डुवेको उनले बताए ।