मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलिदेखि प्रतिक्षाको १४ औँ कपिलवस्तु महोत्सवः चन्द्र भण्डारी र रेस्लिङले चर्चामा

भोलिदेखि प्रतिक्षाको १४ औँ कपिलवस्तु महोत्सवः चन्द्र भण्डारी र रेस्लिङले चर्चामा

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । वाणगंगा वेलफयेर सोसाइटीले लगाउने १४ औँ कपिलवस्तु महोत्सव, कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी २०८० भोलिदेखि सुरु हुँदैछ । महोत्सवको लोकप्रिय नेता तथा संघीय सांसद चन्द्र भण्डारीले उद्घाटन गर्नेछन् । उद्घाटनअघि वाणगंगा नगरपालिकाका बिभिन्न स्थानबाट झाँकी र बजाजागाजासहितको टोलीले प्रभातफेरि गर्नेछ ।

यसपटकको महोत्सव बिभिन्न कारणले प्रतिक्षित र चर्चामा छ । पहिलो प्रतिक्षा भनेको उद्घाटनका पात्र चन्द्र भण्डारीको भाषण हो । ग्याँस दुर्घटनामा परेपछि नयाँ जीवन पाएका उनले के अनुभव सुनाउँछन् या मुलुकको विकासको लागि कपिलवस्तु आएर भण्डारीले के कुरा भन्छन् ? भन्ने प्रतिक्षा छ । धेरैले उद्घाटन गर्ने पात्र निकै राम्रो छनौटगरेको भनेर पनि आयोजकको तारिफ भइरहेको छ ।

भण्डारी काँग्रेसका नेता भए पनि उनलाई नजिकबाट हेर्न र भाषण सुन्न जुनसकुकै दलका नेता र कार्यकर्ता पनि उत्सुक रहेको सुनिएको छ । भण्डारी अहिले पार्टीका नभएर साझा नेताजस्ता भएका छन् । त्यसैले पनि उनको देशविदेशमा चर्चा छ । यसकारण पनि आयोजक उद्घाटनका पात्र चयन गर्न सफल भयो । महोत्सवमा उद्य्घाटनका पात्रका कारण धेरै विवाद हुने गरेको विगत पनि छ ।

यस्तै पहिलोपटक रेस्लिङ प्रतियोगिता पनि हुँदैछ । यस प्रतिगोगिताले लुम्बिनी प्रदेशभर चर्चा बटुलेको छ । महोत्सवमा रेस्लिङ इतिहासमै पहिलो भएको हुनाले धेरैले प्रतिक्षा गरेर बसेका छन् ।
महोत्सवको गेट प्रसिद्ध मुक्तिनाथ मन्दिर आकारमा छ भने सचिवालय मायादेवी मन्दिर आकारमा छ । ठाउँ ठाउँमा बनेका सेल्फी जाने लगायतले पनि चर्चा पाइरहेका छन् । यस्तै १२ औँ डान्स आइडल, दैनिक रुपमा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति, विद्यालयस्तरीय प्रतियोगिता आदि पनि महोत्सवका आकर्षण रहेका बताइएको छ ।

महोत्सवको स्टेज पनि त्यस्तै आकर्षक छ । मुलुककै नमुना स्टेज बनाइएको आयोजकको दावी छ । यस्तै मनोरञ्जनतर्फ विगतमाजस्तै पीङ, डुङ्गा, बाल उद्यान पनि छन् । स्टल सजाइएका छन् भने ठाउँठाउँमा मौलिक घरहरु पनि देख्न सकिन्छ । भोलिसम्म सबै तयारी पुरा हुने आयोजक वेलफेयरका अध्यक्ष तथा मेला संयोजक राजकुमार खाँणले जानकारी दिए ।
उनका अनुसार महोत्सवको तयारी ८५ प्रतिशतभन्दा बढी सकिएको छ । महोत्सवबारे जानकारी गराउन आजै पत्रकार सम्मेलन पनि आयोजना गरिएको उनले जानकारी दिए ।

महोत्सवका निर्देशक तथा महासचिव बुद्धि बहादुर रोका दिनेशले यसपटकको महोत्सव पनि सफल भएरै छाड्ने बताए । जिल्लामा धेरै महोत्सव लगाउने संस्था भनेकै वेलफेयर रहेकाले त्यहि अनुभवको आधारमा पनि धेरै कुरा मिलाउन सकिएको उनले बताए ।

निर्माण सबै सकएिको र अब मंच र अन्य सजावटका काम मात्रबाँकी रहेको उनले बताए । महोत्सवमा स्थानीय कृषि उत्पादन, नगरपालिकाको कृषि आधुनिकीकरणका प्रविधि, स्थानीय संस्कृति, प्रविधि, पर्यटन, लत्ता कपडा, खाद्यान्ह, जुत्ताचप्पल किनमेल लगायतका लगायतका ३०० स्टल रहेका छन् ।

पौष १ गतेसम्म संचालन हुने महोत्सवमा करिब २ लाख दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको आम्दानी हुने लक्ष्य राखिएको छ । महोत्सवबाट बचेको पैसाले बिभिन्न सामाजिक कामहरु गरिने आयोजकले बताएको छ ।